विष्णु पौडेलले सिंहदरबार बेच्न लागेको तरुण कोषाध्यक्ष गुरुङको खुलासा

मंगलबजार । नेपाल तरुण दलका केन्द्रीय कोषाध्यक्ष विद्वान गुरुङले कम्युनिस्टहरूले सिंहदरबार बेचेर खान लागेको दाबी गरेका छन् ।

ललितपुरको मंगलबजारमा सोमबार कांग्रेसका भ्रातृ संस्थाहरूले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै कोषाध्यक्ष गुरुङले सिंहरबार बेच्न लागेको सूचना आफूहरूलाई आएको बताए ।

‘हिजो अर्थमन्त्री हुँदा विष्णु पौडेलले बालुवाटार बेचेर खानुभयो’, उनले भने, ‘फेरि आज अर्थ मन्त्री हुनुभएको छ । सिंहदरबार बेचेर खान पाइँदैन ।’

तरुण नेता गुरुङले जनताले नुन खान नपाएका बेला कम्युनिस्ट सरकारले ३३ किलो सुन खाएको भन्दै आक्रोश पोखेका छन् ।

प्रधानमन्त्री ओलीले पशुपतिनाथको मन्दिरमा नौटंकी गरेको भन्दै उनले विरोध गरेका छन् ।

‘नेपाली जनता अब झुक्किनेवाला छैन । हिजो विदेशीको डलर ल्याएर । नेपाली जनतालाई होली वाइन खुवाएर’, उनले भने, ‘नेपालको धर्म संस्कृतिलाई हानी गर्ने यो सरकारले पशुपतिनाथको मन्दिरमा नौटंकी गर्न आवश्यक छैन ।’

Published : Monday, 2021 February 1, 6:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया