घोराहीमा कांग्रेसको शानदार प्रदर्शन, ओलीलाई घुँडा टेकाउने घोषणा

घोराही । नेपाली कांग्रेसका भ्रातृ संस्थाहरूको नेतृत्वमा दाङको घोराहीमा कम्युनिस्ट सरकारविरुद्ध भब्य प्रदर्शन भएको छ ।

सोमबार घोराहीमा भएको विरोध प्रदर्शनमा कांग्रेसका भ्रातृ संस्थाका प्रमुखहरूले धारणा राखेको कांग्रेस संगठन विभागका केन्द्रीय सदस्य एवम् पूर्वसांसद राजु खनालले जानकारी दिएका छन् ।

उनीहरूले संसद भङ्ग गरेर प्रधानमन्त्री केपी ओली र नेकपाको सरकारले असंवैधानिक कार्य गरेको बताए ।

विरोध कार्यक्रममा दाङ कांग्रेसका सभापति कीर्तिबहादुर खड्का, केन्द्रीय सदस्य डिला संग्रौला, पूर्वसांसद राजु खनाल, दाङ कांग्रेसका सचिव शंकर डाँगी, लुम्विनी प्रदेशकी सांसद निर्मला क्षेत्री, नेपाल तरुण दल दाङका अध्यक्ष टीका घर्ती, नेपाल महिला संघकी सभापति गोमा रावत, नेपाल दलित संघ दाङका सभापति बाबुराम विश्वकर्मा, नेविसंघका कार्यबाहक अध्यक्ष टोपबहादु बढुथोकीलगायतको उपस्थिति रहेको थियो ।

विरोध सभामा सहभागी नेता कार्यकर्ताले ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध नारावाजी गरेका थिए । उनीहरूले ओली सरकारलाई घुँडा टेकाउने चेतावनी समेत दिएका छन् ।

Published : Monday, 2021 February 1, 5:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया