प्रचण्ड–माधवका कारण ओलीलाई निद लागेन, जारी भयो यस्तो उर्दी

काठमाडौं । प्रधानमन्त्री केपी ओली निकटको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीको केन्द्रीय कमिटी बैठक नबोलाइएको जनाएको छ ।

नेकपा ओली समूहका केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले प्रेस नोट जारी गरेर सोमबार केन्द्रीय कमिटीको बैठक नबोलाइएको जनाएका हुन् ।

‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीको बैठक बोलाइएको भन्ने प्रेषित सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको छ’, प्रेस नोटमा सचिव रिजालले भनेका छन्, ‘पार्टीको विधान, अध्यास, प्रचलन र पछिल्लो पटक निर्वाचन आयोगको निर्णय (अभिलेखीकरण) अनुसार पार्टीको आधिकारिक बैठक अध्यक्षसँगको परामर्शमा पार्टी महासचिवद्वारा बोलाइने भन्ने स्पष्ट छ ।’

सचिव रिजालले भनेका छन्, ‘यसअनुसार कमरेड महासचिवद्वारा कुनै पनि बैठक नबोलाइएको व्यहोरा जानकारी गराइन्छ ।’

पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल समूहको नेकपाले सोमबार केन्द्रीय कमिटीको बैठक बोलाएको छ । सो बैठक रोक्न ओली समूहले प्रेस नोट जारी गरेको छ । प्रचण्ड–माधव समूहले सोमबारको केन्द्रीय कमिटी बैठकबाट ओलीलाई कारबाहीको तयारी गरेको छ ।

Published : Sunday, 2021 January 31, 10:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया