कांग्रेसको प्रदर्शन सक्किए लगत्तै सेनाले उठाउनेछ यस्तो कदम, देशभरि खैलाबैला

काठमाडौं । नेपाली कांग्रेससहित विभिन्न दलहरूले विरोध प्रदर्शन गर्न शुरु गरेका बेला नेपाली सेनाले बख्तरबन्द गाडीहरू चलाउने निर्णय गरेको छ ।

कांग्रेसको प्रदर्शनहरू भइरहेका बेला सेनाले काठमाडौं उपत्यकासहित ८ वटै पृतनाअन्तर्गतका मेकनाईज्ड युनिटहरूमा बख्तरबन्द गाडीहरू चलाउने जनाएको हो ।

‘नेपाली सेनाको नियमित अभ्यास योजनाअनुसार यही माघ १९ गते राति बख्तरबन्द गाडीहरूले काठमाडौं चक्रपथको चक्कर लगाउने योजना रहेको छ’, सैनिक जनसम्पर्क निर्देशनालयद्वारा गरिएको ट्वीटमा भनिएको छ ।

‘त्यसैगरी, ८ वटै पृतनाअन्तर्गतका मेकनाईज्ड युनिटहरूबाट माघ २१ गते देशका विभिन्न स्थानहरूमा बख्तरबन्द गाडीहरूको अभ्यास गर्ने योजना रहेको जानकारी गराउँदछौं’, ट्वीटमा भनिएको छ ।

नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओली र कम्युनिस्ट सरकारको असंवैधानिक र अलोकतान्त्रिक निर्णयको विरोधमा ७७ वटै जिल्लामा सोमबार एकसाथ विरोध प्रदर्शन गर्दै छ ।

कांग्रेसका १३ वटा भ्रातृ संगठनहरूले संयुक्त रुपमा सोमबार देशभरि प्रदर्शन गर्दै छन् ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल समूहको नेपाल कम्युनिस्ट पार्टी नेकपाले पनि विरोध प्रदर्शनहरू गर्दै आएको छ ।

प्रधानमन्त्री ओलीको दल नेकपाले पनि काठमाडौंमा भव्य प्रदर्शनको तयारी गरेको छ । सबै दलहरू सकडमा उत्रिएका बेला नेपाली सेनाले बख्तरबन्द गाडीबाट गस्ती गर्ने सूचना जारी गरेपछि काठमाडौं उपत्यकासहित देशभरि तरंग उत्पन्न भएको छ ।

Published : Sunday, 2021 January 31, 10:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया