यस कारण कांग्रेसका महर्जन ललितपुरमा लोकप्रिय मानिन्छन्, चापागाउँमा थाम्न नसकिने भिड

चापागाउँ । नेपाली कांग्रेसका युवा नेता मीनकृष्ण महर्जन जनताका स–साना कुराहरूमा रमाउन सक्छन् । महर्जनको यही कुरालाई ललितपुरका जनताले मन पराउँछन् ।

महर्जनलाई कांग्रेस मात्र नभइ नेकपा, राप्रपासहित विभिन्न दलका समर्थक र शुभेच्छुकहरूले मन पराउने गरेका छन् । उनले कुनै पनि भेदभाव नगरि सबैलाई सक्दो सहयोग गर्ने गरेका छन् ।

ललितपुरको गोदावरी नगरपालिकाको चापागाउँमा खुलेको चम्पापुर मिनी मार्केटको उद्घाटनमा शनिबार कांग्रेसका युवा नेता महर्जनले सबैको मन छोएका छन् । राष्ट्रिय खेलकुद परिषदका पूर्वकोषाध्यक्ष समेत रहेका कांग्रेसको खेलकुद विभागका सचिव महर्जनले नाम चलेका कलाकारहरूलाई स्टेजमा उतारेर स्थानीयको मन जित्न सफल भएका छन् ।

महर्जनले स्थानीय जनताको खुसीलाई महर्जनले आफ्नो खुसी भनेका छन् । उनले ललितपुरका जनताका लागि कुनै पनि समस्या पर्दा आफू पहिलो पंक्तिमा उभिएर सहयोग गर्ने बताएका छन् । उनको यही भावनालाई ललितपुरका जनताले सधैँ प्रशंसा गर्छन् ।

महर्जनले स्थानीयलाई मात्रै नभइ कलाकारहरूलाई पनि निकै प्रोत्साहन गर्छन् । महर्जनकै कारण राष्ट्रियस्तरको कलाकार बन्न सफल भएका प्रताप दासले चापागाउँको गुनलाई कहिल्यै भुल्न सक्दैनन् । त्यति मात्रै होइन राष्ट्रियस्तरकी कलाकार निशा देशारले पनि महर्जनको योगदानको निकै कदर गर्छिन् ।

गाउँ, टोल, ललितपुरको स–साना सामाजिक काममा महर्जनको कुनैन कुनै योगदान हुने गरेको छ । महर्जनले सोही कार्यक्रममा चार जना सञ्चारकर्मीसहित समाजका विभिन्न व्यक्तिहरूलाई सम्मान गर्नुका साथै सामाजिक दायित्व स्मरण गराइदिएका छन् ।

Published : Saturday, 2021 January 30, 11:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया