ओली र नेकपाको हर्कतलाई स्वीकार नगर्ने कांग्रेस नेता खतिवडाको चेतावनी

पोखरा । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले प्रतिनिधिसभाको विघटन सम्बन्धमा सर्वोच्च अदालतले गर्ने फैसला पार्टीका लागि मान्य हुने बताएका छन् ।

नेपाल प्रेस युनियन कास्कीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता खतिवडाले कांग्रेस विधि र प्रक्रियाअनुसार चल्ने पार्टी भएको बताए । उनले संसद भङ्गसम्बन्धी सर्वोच्च अदालतको निर्णयलाई शिरोधार्य गर्ने बताए ।

नेता खतिवडाले लामो समयदेखिको संघर्षको उपलब्धिस्वरुप प्राप्त संविधानको रक्षा गर्नु सबैको कर्तव्य भएको बताएका छन् ।

उनले संविधानका विरुद्धमा हुने जुनसुकै गतिविधि पार्टीलाई मान्य नहुने बताएका छन् । जनतले विश्वास गरेर दिएको दुईतिहाइको बहुमतलाई प्रधानमन्त्री केपी ओली र नेकपाले खेलवाड ठानेर संसद भङ्ग गरेर जनतामाथ विश्वासघात गरेको उनले बताएका छन । अबको निर्वाचनमा कांग्रेसले नेकपासँग बदला लिने खतिवाडले बताएका छन् ।

मुलुकमा वैशाखमा निर्वाचन भएमा कांग्रेसको महाधिवेशन भदौमा हुने खतिवडाले बताएका छन् ।

प्रतिनिधिसभा पुनःस्थापना भएको अवस्थामा भने आगामी जेठ महिनामा हुने उनले बताएका छन् ।

खतिवडाले लामो संघर्षपछि प्राप्त संविधानको रक्षा गर्नु सबै नागरिक र पार्टीको दायित्व भएको बताएका छन् । उनले भने, ‘संविधानविरूद्धको गतिविधि पार्टीले स्वीकार गर्दैन ।’

कम्युनिस्टहरू असफल भएका कारण तीन वर्षमा संसद भङ्ग गरेको उनले आरोप लगाए ।

कम्युनिस्टहरूको संविधानविरुद्धको गतिविधिलाई स्वीकार नगर्ने खतिवडाले बताएका छन् ।

Published : Saturday, 2021 January 30, 9:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया