ओली दक्षिण एशियाकै नं. १ भ्रष्ट प्रधानमन्त्रीः कांग्रेस नेता चौधरी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री उमाकान्त चौधरीले नेकपाको आन्तरिक विवाद र केपी ओलीको स्वार्थले संसद विघठन भएको बताएका छन् ।

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ६ ले रत्नपार्कको शान्तिबाटिकामा शुक्रबार आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता चौधरीले प्रधानमन्त्री ओली असफल भएपछि संसद विघठन गरेको बताए । उनले घरभित्रको झगडा मिलाउन नसकेर संसदलाई विघठन गरिएको बताए ।

‘ओलीको स्वार्थ र अहंकार तथा नेकपाको आन्तरिक कारणले संसद विघटन गरिएको छ’, उनल भने, ‘संविधान र लोकतन्त्रलाई हत्या गरिएको छ ।’

‘बहुमतको प्रधानमन्त्रीलाई संसद विघटन गर्ने कुरा कहिँ कतै छैन’, चौधरीले भने, ‘प्रधानमन्त्रीले संसद विघटन गरेका छन् । ओलीको नालायक सरकारले जनमतालाई अपमात गरेको छ ।’

‘जनतालाई कुठाराघात गरेको छ । दुईतिहाइले पनि सरकार चलाउन नसक्ने । यो नालायक कम्युनिस्टलाई सरकार चलाउने अधिकार पनि छैन’, कांग्रेस नेता चौधरीले भनेका छन् ।

‘घरको झगडाले संसद विघठन गर्न पाइँन्छ ? ओलीले पार्टी चलाउन असफल भएको छ’, उनले भने, ‘सरकार चलाउन असफल भएको छ । सरकार काम गर्न पूर्ण रुपमा असफल भएको छ ।’

बहुमतको प्रधानमन्त्रीलाई संसद विघठन गर्ने अधिकार कतै पनि नरहेको भन्दै नेता चौधरीले संसद पुनःस्थापना गर्न सर्वोच्च अदालतलाई आग्रह गरेका छन् । उनले संसद विघठनको विषय सबै जनताको कुरा भएको बताए ।

‘कम्युनिस्टका कारण संविधानको हत्या भएको छ । दुईतिहाइको बहुमत पाउँदा पनि कम्युनिस्टले चलाउन सकेनन्’, चौधरीले भने, ‘कम्युनिस्टलाई कहिल्यै पनि विश्वास गर्नु हुँदैन ।’

कांग्रेस नेता चौधरीले प्रधानमन्त्री ओली दक्षिण एशियामा सबैभन्दा ठूलो भ्रष्टाचारी भएको बताए । उनले भने, ‘ओलीजी दक्षिण एशियामा १ नं. भ्रष्टाचारी भन्दा पनि हुन्छ ।’

उनले कम्युनिस्टहरू बेइमान, गद्धार भ्रष्टाचारी भएको भन्दै ओलीलाई नयाँ हिटलर बन्न खोजेको बताए ।

Published : Saturday, 2021 January 30, 12:09 am

फेसबुकबाट तपाईको प्रतिक्रिया