को–पाइलटलाई लात्ताले हान्ने ओलीले निर्वाचन गराउँदैनन्ः कांग्रेस नेता चापागाइँ

काठमाडौं । नेपाली कांग्रेसका यवा नेता एवम् नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँले प्रधामन्त्री केपी ओलीले निर्वाचन गराउनका लागि संसद भङ्ग गरेको भ्रममा पर्न नहुने बताएका छन् ।

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ६ ले रत्नपार्कस्थित शान्तिबाटिकामा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै चापागाइँले ओलीले संविधानको उल्लंघन गरेको बताए । उनले संविधानको रक्षाका लागि तरुणहरू बलिदान दिन तयार रहेको बताएका छन् ।

‘हामीले संविधानलाई जस्ताको त्यस्तै लिकमा हिँडाउन सकनेनौँ भने यो मुलुकमा निर्वाचन गर्नको लागि केपी ओलीले संसद विघटन गरेको होइन । हामी भ्रममा पर्न हुँदैन’, उनले भनेका छन् ।
‘प्रतिस्पर्धा गर्नुपर्दा हामी कुनै पनि पार्टीसँग मिलेर जानु पर्दैन’, चापागाइँले भने, ‘कांग्रेस आफ्नै खुट्टामा उभिएर हाम्रो आफ्नो राजनीति र नेपाली जनता चाहनाअनुसारको राजनीति संस्थागत गर्दै मुलुकलाई समृद्धितर्फ लैजान अग्रसर हुनुपर्छ ।’

‘संविधानको संरक्षण कसरी गर्नुपर्छ भनेर हामी तरुण युवाहरू कांग्रेसले जस्तो निर्णय गर्छ संविधानको पहरेदारीका लागि कार्यान्वयन र जीवित गराउन चाहन्छौँ’, उनले भने, ‘अदालतलाई पनि सुरक्षा दिन नेपाली युवाहरू तयार छन् ।’

‘पहिलो संविधानसभाका बेला यी कम्युनिस्टहरूले सबैभन्दा धेरै मत पाउँदै गर्दा, १७ हजार मान्छे मार्दै गर्दा, मान्छे मारेर १४ वर्ष जेल बस्दै गर्दा, यही संविधानको परिकल्पना गरेका थियौँ भन्ने कम्युनिस्टहरूले जनताले ठूलो मत दिँदा पनि संविधानसभा मार्फत पनि संविधान दिन सकेनन्’, युवा नेता चापागाइँले भनेका छन्, ‘संविधान बनाउन कांग्रेस आउनु पर्‍यो ।’

‘कांग्रेसले यो मुलुकलाई संविधान दियो । सुशील कोइरालाको नेतृत्वमा संविधान बन्यो’, उनले भने, ‘सभापति शेरबहादुर देउवाले संविधानलाई कार्यान्वयनतर्फ हिँडाउनुभयो । संविधान कार्यान्वयन गर्दा कांग्रेस हारेर पनि कम्युनिस्टलाई सत्तामा पुर्‍याएको छ ।’

उनले भने, ‘बयलगाढा चढ्ने सपना देख्ने केपी ओलीलाई सबैभन्दा धेरै मत दिएर संविधान कार्यान्वयन गर्लान् भन्ने विश्वास थियो । जनतामाथि तीन वर्षमा नै विश्वासघात भएको छ ।’

‘आज तीन वर्ष नपुग्दै यो संविधानमाथि लात मार्ने काम भयो । जो संविधानको पक्षमा थिएनन् । उनैलाई यो संविधानको कार्यान्वयन गर्ने जिम्मा दिँदै गर्दा आज नेपाली जनता सडकमा आउनुपर्ने, आन्दोलित गर्नुपर्ने बेला आएको छ’, चापागाइँले भनेका छन् ।

कांग्रेसका युवा नेता चापागाइँले कम्युनिस्टहरूले भ्रष्टाचार गरेको भन्दै ओली सरकारले गलत कामहरू मात्रै गरेको बताए । उनले रत्नपार्कको नाम बदलेर शंखधर उद्यान राखेको भन्दै विरोध पनि गरे ।

उनले भने, ‘यही रत्नपार्कबाट राष्ट्रपतिदेखि प्रधानमन्त्रीको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध तरुण दलले आन्दोलन शुरु गरेको थियो । अब पनि आन्दोलन गर्न तयार छ ।’

‘कम्युनिस्टका गलत कुरा र महत्वकांक्षाका बारेमा कांग्रेसले सधैँ विरोध गरेको छ’, उनले भने, ‘कांग्रेसले सदनमा विरोध गर्दै गर्दा अहिले सडकमा बस्ने कम्युनिस्ट नेताहरू सदनमा मख्ख परेर बसेका थिए ।’

कम्युनिस्ट नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपाभित्रको हर्कतको भण्डाफोर गरेका कांग्रेस नेता चापागाइँले भने, ‘को–पाइलट भएर बसेका थिए । प्लेन उडेपछि केपी ओलीले को–पाइलटलाई लात्ताले हानेर उडिसकेका छन् ।’

‘पाइलटको भाषणबाट नेपाली जनताले कम्युनिस्टको झुठ र अन्याय हामीले बुझ्न जरुरी छ’, उनले भने ।

Published : Friday, 2021 January 29, 7:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया