मुख सम्हाल्न नसक्दा पूर्वभीभीआईपीहरूलाई तनाब

काठमाडौं । चार जना पूर्वप्रधानन्यायाधीहरू र एक जना पूर्वसभामुखले सर्वोच्च अदालतमा विचाराधीन मुद्धामा मुख सम्हाल्न नसकेर जथाभावी बोल्दा मानहानी मुद्धा खेप्नु परेको छ ।

अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले ४ जना पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुख दमननाथ ढुंगानासँग लिखित जवाफ माग गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले बिहीबार पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीसँग लिखित जवाफ माग गरेको हो । सर्वोच्चले पूर्वसभामुख ढुंगानालाई ७ दिनभित्र आफैं लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।

अधिवक्ताद्वय धनजित बस्नेत र लोचन भट्टराईले पूर्वप्रधानन्यायाधीश अलग–अलग रुपमा अवहेलनाको मुद्दा दर्ता गराएका थिए ।

अर्का अधिवक्ता राजाराम घिमिरेले पूर्वसभामुख ढुंगानाविरुद्ध मुद्दा दर्ता गरेका थिए ।

चार जना पूर्वप्रधानन्यायाधीशहरूले संसद विघटन असंवैधानिक भएको भन्दै संयुक्त रुपमा विज्ञप्ति जारी गरेका थिए ।

पूर्वसभामुख ढुंगानाले सडकबाट न्यायाधीश तान्ने दिन नआओस् भनेर धम्की दिएका थिए ।

पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखको टिप्पणीले अदालतमा विचाराधीन संसद विघटनसम्बन्धी मुद्दा प्रभावित गर्न खोजेको दाबी गरिएको छ ।

पूर्वभीभीआईपीहरू मुख सम्हाल्न नसक्दा मुद्धाको झमेला भोग्नुपरेको छ ।

Published : Friday, 2021 January 29, 11:27 am

फेसबुकबाट तपाईको प्रतिक्रिया