गेरुवाका कांग्रेस सभापति चौधरीका बुबाको निधन, तिमिल्सिनाद्वारा श्रद्धाञ्जलि व्यक्त

गेरुवा । नेपाली कांग्रेस बर्दियाका नेता एवम् गेरुवा गाउँपालिकाका सभापति दरबारीलाल चौधरीको बुबाको निधन भएको छ ।

दरबारीलालका ७३ वर्षीय बुबा लीराराम थारुको चार दिन अगाडि निधन भएको हो । लीरामको निधन भएपछि कांग्रेसको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि दिइएको थियो ।

युवा नेता एवम् कांग्रेसको संगठन विभागका केन्द्रीय सदस्य जन्मजय तिमिल्सिनाले लीलाराम थारुको निधन भएकोमा दुःख व्यक्त गरेका छन् । उनले स्व.थारुप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकमा रहेका परिवारजमा समवेदना प्रकट गरेका छन् ।

‘नेपाली कांग्रेस बर्दियाका नेता एवम् गेरुवा गाउँपालिका सभापति दरबारीलाल चौधरीका पिता लीलाराम थारुको ७३ वर्षको उमेरमा असमायिक निधन भएकोमा स्तब्ध र मर्माहत भएको छु’, तिमिल्सिनाले भनेका छन् ।

Published : Thursday, 2021 January 28, 6:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया