कांग्रेस नेता खतिवडाको तर्फबाट बालबालिकालाई न्यानो कपडा वितरण

ओखलढुंगा । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले गृहजिल्ला ओखलढुंगामारहेको बलमन्दिर विद्यालयका बालबालिकाहरूलाई न्यानो कपडा उपलब्ध गराएका छन् ।

खतिवडाले सिद्धिचरण नगरपालिका– १२ मा रहेको बालमन्दिरका ४५ जना विद्यार्थीलाई स्विटर र टोपी निःशुल्क उपलब्ध गराएको खतिवडाको निजी सहयोग हुकुम राईले जानकारी दिएका छन् ।

कांग्रेस नेता खतिवडाले जाडोबाट बच्न स–साना बालबालिकालाई न्यानो कपडा वितरण गरिएको राईले बताए ।

बाल मन्दिरमा विपन्न परिवारका बालबालिकाले अध्ययन गर्दै आएका छन् । खतिवडाले भने, ‘मेरो लागि काम सानो भएपनि, अभावमा गुज्रिएका बालबालिकाका लागि न्यानो कपडाले जाडोमा महत्व राख्छ ।’

खतिवडाको तर्फबाट ओखलढुंगा कांग्रेसका जिल्ला सचिव तथा सुनकोशी गाउँपालिका अध्यक्ष रुद्र अधिकारी, सिद्धिचरण नगरपालिका– १० का वडाध्यक्ष विनोद केसी र समाजसेवी कोपिला श्रेष्ठ लगायतले न्यानो कपडा वितरण गरेका थिए ।

खतिवडाले बालबालिकाहरूलाई बेलाबेला झोला, ह्वाइट बोर्डलगायतका सामग्री वितरण गर्दै आएका छन् ।

कम्युनिस्टहरूले सत्ता र व्यक्तिगत स्वार्थका लागि भाँडभैलो मच्चाएका बेला कांग्रेसका युवा नेता खतिवडाले आफ्नो गृहजिल्ला ओलढुंगामा बालबालिकालाई न्यानो कपडा उपलब्ध गराएका छन् ।

Published : Thursday, 2021 January 28, 11:07 am

फेसबुकबाट तपाईको प्रतिक्रिया