अर्घाखाँची कांग्रेसले वडाहरूमा विशेष अभियान चलाउने

प्रेमनारायण आचार्य

सन्धिखर्क । नेपाली कांग्रेस जिल्ला कार्यसमिति अर्घाखाँचीले आन्दोलनका कार्यक्रमहरूको समीक्षा गर्दै आन्दोलनमा सहभागी भएर नेता कार्यकर्ताहरूलाई धन्यावाद दिएको छ ।

आइतबार र सोमबार दुई दिन सन्धिखर्कमा बसेको कार्यसमितिको बैठकले प्रधानमन्त्री केपी ओलीविरुद्ध गरिएको प्रदर्शन भव्य रुपमा सफल भएको निष्कर्ष निकालेको छ ।

कम्युनिस्ट सरकारको असंवैधानिक कदमबिरुद्ध कांग्रेसले माघ ८ गते ६१ वटै वडामा विरोध प्रदर्शन गरेको थियो ।

जिल्ला सभापति विष्णुप्रसाद खनाल ‘मुस्कान’ले केही वडामा संगठन विशेष सुदृढीकरण अभियान चलाउने निर्णय गरिएको जानकारी दिएका छन् ।

उनले ६१ वटा वडामा खटिएका प्रतिनिधि, आन्दोलनमा सहभागी नेता, कार्यकर्ता तथा शुभेच्छुक सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।

Published : Monday, 2021 January 25, 11:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया