यी १६ डीएसपीहरूको एसपीमा बढुवा

काठमाडौं । नेपाल प्रहरीका १६ जना नायव उपरीक्षक (डीएसपी)हरूको उपरीक्षक (एसपी) पदमा बढुवा भएको छ ।

नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको प्रहरी उपरीक्षक पदमा १६ जनाको बढुवा गरिएको सूचनामा उल्लेख छ ।

भुवनेश्वर तिवारी पहिलो नम्बरमा बढुवा भएका छन् । दोस्रोमा ऋषिराम कँडेल र तेस्रो नम्बरमा सुरेन्द्रप्रसाद काफ्ले बढुवा भएका छन् । सबैभन्दा पुच्छारमा राजेन्द्रबाबु रेग्मीको बढुवा भएको छ ।

डीएसपीबाट एसपीमा बढुवा हुनेहरूमा अमरेन्द्रबहादुर सिंह, श्यामसिंह चौधरी, नकुल पोखरेल, पदमबहादुर विष्ट, सुवासचन्द्र बोहरा, वासुदेव खतिवडा, प्रजित केसी, राजकुमार सिलवाल, योगेन्द्रसिंह थापा, महेन्द्रकुमार श्रेष्ठ, दिलिप घिमिरे र वीरेन्द्रबहादुर शाही रहेको प्रहरी अतिरिक्त महानिरीक्षक निरजबहादुर शाहीले बताएका छन् ।

Published : Monday, 2021 January 25, 8:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया