काठमाडौंमा मनाइयो भारतीय सेना दिवस, प्रधान सेनापति थापा सहभागी

काठमाडौं । काठमाडौंस्थित नेपालका लागि भारतीय राजदूतावासले आफ्नो ७३औं भारतीय सेना दिवसको अवसरमा विशेष कार्यक्रम गरेको छ ।

कार्यक्रममा नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको प्रमुख अतिथिमा सम्पन्न भएको थियो ।

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भारतीय र नेपाली सेनाबीच ऐतिहासिक सम्बन्ध रहेको बताए । उनले दुवै देशलाई भ्रातृत्व सम्बन्धको कसिलो बन्धनमा बाँधेको बताए ।

उनले भारतीय सेनामा गोरखा सैनिकहरूले देखाएको निःस्वार्थ सेवा तथा बलिदानीप्रति कृतज्ञता व्यक्त गरेका छन् ।

उनले अवकाश प्राप्त पेन्सनवाला भारतीय सैनिक तथा नेपालमा बसोबास गरिरहेकाहरूको परिवार को सेवा गर्न भारत सदैव प्रतिबद्घ रहेको बताए ।

प्रधान सेनापति थापाले भारतीय सेना दिवसको अवसरमा भारतीय सेना प्रमुख जनरल एमएम नरवणेलाई शुभकामना सन्देश दिए ।

उनले भारतीय सेनाको वीरता, साहस र त्यागको प्रशंसा गर्दै भारतीय सेनाले नेपाली सेनाको आधुनिकीकरणमा पुर्‍याएको सहयोगको सराहना गरेका छन् ।

भारतीय सेनाका वीरता पुरस्कार विजेता गोर्खा सैनिकहरूलाई थापाले सम्मान गरेका थिए ।

Published : Monday, 2021 January 25, 7:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया