‘होलीवाइन’ विवादमा परेका ओलीद्वारा पशुपतिनाथमा संकल्प पूजा

काठमाडौं, १२ माघ । हिन्दूधर्मप्रति खासै रुचि नदेखाउने प्रधानमन्त्री केपी ओलीले पशुपतिनाथ मन्दिरमा पुगेर क्षमा पूजा गरेका छन् ।

दुई वर्ष अगाडि ‘होलीवाइन काण्ड’ मच्चाएको आरोप खेपेका ओलीले सोमबार बिहान पशुपतिनाथको पूजा गरेका हुन् ।

पशुपति मन्दिर क्षेत्र विकास कोषका सदस्य सचिव डा.प्रदीप ढकालले प्रधानमन्त्री ओली र पत्नी राधिका शाक्यले पशुपतिनाथ मन्दिरमा पुगेरै संकल्प पूजा गरेको जानकारी दिएका छन् ।

प्रतिनिधि सभा विघटन गरेपछि विवाद र तनावमा आएका बेला प्रधानमन्त्री ओलीले पशुपतिनाथको पूजा गरेका छन् ।

पशुपतिनाथको पूजा गर्ने क्रममा ओलीसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल पनि गएका थिए ।

कम्युनिस्टहरूले धर्मलाई अफिम भनेर पूजा गर्न दिँदैनन् । कम्युनिस्टहरूले हिन्दूधर्मविरुद्ध विभिन्न खालका अफवाह फैलाउँदै आएका छन् ।

प्रधानमन्त्री ओलीलाई पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल समूहले साधारण पद समेत नरहने गरि पार्टीबाट निकालेको थियो । त्यसको अर्को दिन ओली पशुपतिनाथ मन्दिरमा पुगेर संकल्प पूजा गरेका छन् ।

Published : Monday, 2021 January 25, 10:23 am

फेसबुकबाट तपाईको प्रतिक्रिया