प्रहरीका ७ जना एसएसपीहरूको सरुवा, ११ जनाको पदस्थापना

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका सात जना वरिष्ठ उपरीक्षकहरू (एसएसपी)को सरुवा गरेको छ ।

माघ १० गतेको गृह मन्त्रालयको मन्त्रिस्तरीय निर्णयानुसार सात जना एसएसपीहरूको सरुवा भएको पत्रमा उल्लेख छ ।

एसएसपी रविन्द्र केसीलाई प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विद्यालय, महाराजगञ्जमा सरुवा गरिएको छ ।

दुर्गा सिंहलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोमा सरुवा गरिएको छ । प्रदीपकुमार श्रेष्ठलाई अन्तर्राष्ट्रिय प्रहरी समन्वय महाशाखामा सरुवा गरिएको छ ।

हरिराज वाग्लेलाई बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडा, मकवानपुर अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखामा सरुवा गरिएको छ ।

मोहनकुमार आचार्यलाई प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय निर्देशनालयमा सरुवा गरिएको छ ।

बुद्धिराज गुरुङलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज र विष्णुकुमार केसीलाई जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुर, चितवनमा सरुवा गरिएको छ ।

यसैबीच, गृह मन्त्रालयले हालै बढुवा भएका ११ जना एसएसपीहरूको पदस्थापना गरेको छ ।

कुष्णकुमार महतलाई सुपरिवेक्षण तथा अनुगमन महाशाखा, नक्साल, गोविन्दकुमार साहलाई प्रदेश १ मोरङ अपराध नियन्त्रण तथा अनुन्धान महाशाखा, उमाशंकर पञ्जियारलाई अपराध अनुसन्धान विभाग अपराध अनुसनधान महाशाखा नक्सा, अर्जुन चन्द ठकुरीलाई कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत, जनकराज पाण्डेयलाई सुदूरपश्चिम प्रहरी कार्यालय दिपायलमा पदस्थापना गरिएको छ ।

कृष्णहरि शर्मा पोखरेललाई अन्वेषण योजना तथा विकास निर्देशनालय नक्सा, चक्रबहादुर सिंहलाई महानगरीय प्रहरी कार्यालय प्रशासन महाशाखा रानीपोखरी, दिल्लीराज पन्तलाई राष्ट्रिय सुरक्षा परिषदको सचिवालय सिंहदरबार, मधुसुदन लुइँटेललाई प्रदेश १ मोरङ शान्ति सुरक्षा महाशाखा र मोहनप्रसाद पोखरेललाई कास्की अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखामा पदस्थापना गरिएको पत्रमा उल्लेख छ ।

Published : Sunday, 2021 January 24, 5:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया