नेकपाको युवा संघकै उपाध्यक्ष कांग्रेसमा प्रवेश, मन्त्रीको जिल्ला स्याङजामा खैलाबैला

विरुवा । स्याङजा जिल्लामा नेपाल कम्युनिस्ट पार्टी नेकपाका १०४ जन नेता कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

विरुवा गाउँपालिका– ४ ओरष्टेमा शनिबार आयोजित कांग्रेसको कार्यक्रममा नेकपाको युवा संघका विरुवा गाउँपालिकाका उपाध्यक्ष धनबहादुर थापासहित १०४ जना युवाहरू कांग्रेसमा प्रवेश गरेका हुन् । कांग्रेस प्रवेश गर्नेमा नेकपाका साथै राप्रपाका स्थानीय नेता कार्यकर्ताहरू रहेका छन् ।

नेकपा र राप्रपाका नेता कार्यकर्ताहरूलाई नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद राजु थापासहितका नेताहरूले पार्टी प्रवेश गराएका हुन् ।

पार्टी प्रवेश गर्ने र पार्टी प्रवेश गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने धनबहादुर थापा, मिलन थापा, तुलबहादुर थापा मुक्त गुरुङ, ज्योतिप्रकाश थापा र मधु गुरुङ लगायतलाई कांग्रेस नेताहरूले धन्यावाद दिएका छन् ।

नेकपाले ओरष्टेलाई आफ्नो किल्लाका रुपमा दाबी गर्दै आएको थियो । युवा संघका उपाध्यक्ष धनबहादुर थापानै कांग्रेसमा प्रवेश गरेपछि कम्युनिस्टहरू जिल परेका छन् ।

कांग्रेस नेता एवम् पूर्वांसद राजु थापाले नवप्रवेशीहरूले कांग्रेसको संगठन निर्माणमा भूमिका खेल्ने विश्वास गरेका छन् । कम्युनिस्टहरूको ज्यादति बढेका बेला नेकपा र राप्रपाका नेता कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गर्नु सुखद रहेको बताए ।

उनले सिंगो गाउँको विकास निर्माणमा समेत नवप्रवेशीहरूका कारण सकरात्मक प्रभाव पार्ने गरि युवाहरूको सक्रिय सहभागिताका लागि अनुरोध गरेका छन् ।

बाहुबाट ४०, कोठेबाट २५, खुदी घोप्टेबाट ३०, मड्किनाबाट ५, क्षेत्री गाउँबाट २, जफतीबाट १, कामीगाउबाट १ जनासमेत गरि १०४ जना कांग्रेसमा प्रवेश गरेको पूर्वसांसद थापाले जनाएका छन् ।

स्याङजा जिल्लाबाट तत्कालीन एमालेबाट निर्वाचित पदमा अर्याल मन्त्री छिन् । मन्त्री अर्यालले स्याङजाको विकास गर्न नसकेको भनेर आलोचना हुँदै आएको छ । मन्त्री अर्यालले काम गर्न नसकेका बेला उनै पार्टीका नेता कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका छन् ।

आफ्नै नेता कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेपछि मन्त्री अर्याललाई तनाब भएको छ । स्याङजाका कम्युनिस्टहरू हतोत्साहित बनेका छन् ।

Published : Sunday, 2021 January 24, 4:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया