कांग्रेससँग हारेपछि वामदेवलाई दसानै लाग्यो, अधिकांशले छाडे

काठमाडौं । नेकपाका नेताहरू व्यक्तिगत स्वार्थमा चुर्लुम्म डुबेका बेला बामदेव गौतम भने च्याखे थापेर बसेका छन् । गौतमलाई साथ दिएका नेकपाका नेता र पूर्वसांसदहरूले छाडेर आफ्नो कित्ता काट गरिरहेका छन् । गौतमले भने पार्टी एकताको नाममा आफूलाई निष्पक्षताका नाममा बीचमा राखेका छन् । गौतमको व्यक्तिवादी चरित्रलाई नजिकबाट चिनेका नेताहरूले साथ छाडेर आफ्नो बाटो लागेका हुन् ।

गौतमको पछाडि तीन–चार जनाभन्दा धेरै नेताहरू छैनन् । गौतमसँग रहेका नेताहरूले पनि पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल वा केपी ओली समूहलाई साथ दिइरहेका छन् । गौतमले पार्टी एकताका नाममा आफूलाई बीचमा राखेका छन् । काठमाडौंको नागपोखरीस्थित एउटा कफी सपमा गौतमले नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीलाई भेट गरेको भनेर समाचार बाहिरिएको थियो । गौतमको सचिवालयले भेटलाई अवीकार गरेको थियो ।

गौतमले नेकपाका विभाजित दुबै समूहलाई मिलाउनलाई आफू सक्रिय रहेको बताउँदै आएका छन् । गौतमले एउटा राष्ट्रियस्तरको एउटा टेलिजिभनको अन्तर्वार्तामा दुबै नेकपालाई आफूले मिलाएर छाड्ने बताएका छन् । दुइटै नेकपालाई मिलाउने जनाएका गौतमलाई उनै नेताहरूले धमाधम छाडेका छन् ।

गौतमलाई अहिले आएर प्रचण्ड–माधव समूह र ओली समूहले विश्वास गर्न छाडेका छन् । गौतमले यस्तै अवस्था रह्यो भने सीपी मैनालीले जस्तै अलग पार्टी बनाएर बस्ने सम्भावना पनि धेरै छ ।

गौतमले ‘सूर्य’ चुनाव चिन्ह जता हुन्छ आफूलाई त्यतै लैजाने तयारी गरेका छन् । संकटको बेला साथ नदिएका गौतमलाई सहज अवस्था भयो भने उपयुक्त दिने सम्भावना निकै कम छ ।

गौतमले नेकपाको अध्यक्ष र प्रधानमन्त्रीमध्य एउटा पद माग गर्दै आएका छन् । गौतमले यी दुबै पद पाउने सम्भावना निकै कम छ । आफूलाई प्रधानमन्त्री पदका लागि तयारी अवस्थामा राखेका गौतमलाई सोँचेको पद पाउन निकै कठिन छ । उनले आफूलाई संकटका बेला कित्ता काट गर्न सकेका छैनन् । भविष्यमा गौतमलाई प्रधानमन्त्री दिने कुरा निकै कम छ । गौतमलाई साथ दिँदै आएका नेताहरूले पनि धमाधम साथ छाड्दै आएका छन् ।

गौतमका लागिका धर्म संकट भएको छ । उनले आफूलाई छिटोभन्दा छिटो एउटा कित्तामा उभ्याएनन् भने राजनीति आफैले समाप्त पार्नेछन् । चिनियाँहरूको दवावमा रहेको आरोप गौतमलाई छ । चिनियाँहरूकै दवावमा नेकपालाई मिलाउन गौतमले भूमिका खेलेको आरोप छ । चीन र गौतमले भनेकै भरमा अहिले नेपालको राजनीति मिल्ने सम्भावना छैन । गौतम र चीन दुबैलाई नेपालमा भनेअनुसारको राजनीति हुनेछैन ।

कांग्रेससँग हारेपछि गौतमलाई दशै लागेको चर्चा छ । उनलाई कांग्रेसका नेता सञ्जयकुमार गौतमले हराइदिएका थिए ।

Published : Saturday, 2021 January 23, 12:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया