मुस्लिम समुदायको शिक्षाका लागि संघ–संस्थाहरू लगानी गर्न तयार

जावलाखेल । मुस्लिम आयोगले मुस्लिम समुदायको शिक्षाका लागि समाज कल्याणपरिषदको समन्वयमा सरोकारवाला संघ–संस्थाका प्रतिनिधिहरूसँग परामर्श गरेको छ ।
ललितपुरको जावलाखेलस्थित आयोगको कार्यालयमा शुक्रबार आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले मुस्लिम समुदायका बालबालिकाहरूको शिक्षाका साथै शैक्षिक गतिविधि सञ्चालन गर्ने विषयमा छलफल गरेका हुन् । अध्यक्ष अन्सारीले परिषदमार्फत एनजिओ र आईएनजिओहरूसँग शिक्षामा लगानी गर्न आग्रह गरेका छन् ।
छलफलमा सहभागी सबै संघ–संस्थाका प्रतिनिधिहरूले मुस्लिम समुदायका बालबालिकाका साथै शैक्षिक गतिविधिमा लगानी गर्न तयार रहेको आश्वासन दिएको अध्यक्ष अन्सारीले जानकारी दिएका छन् ।
छलफलमा परिषदका उपाध्यक्ष डा.पद्मप्रसाद खतिवडा, परिषदको योजना शाखाकी प्रमुख भगवती संग्रौलालगायतको उपस्थिति रहेको थियो ।
मुस्लिम समुदायको शिक्षाका विषयमा विशेष चासो र चिन्ता जनाएकोमा आयोगका अध्यक्ष अन्सारीले परिषदका पदाधिकारी र उच्च अधिकारीहरूलाई धन्यावाद समेत दिएका छन् । उनले एनजिओ र आइएनजिओहरूका प्रतिनिधिहरूलाई पनि धन्यावाद दिएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया