ओखलढुंगामा नेकपाका ‘चल्तापूर्जा’ नेता कार्यकर्ताहरूलाई खतिवडाद्वारा कांग्रेसमा स्वागत

ओखलढुंगा । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले प्रधानमन्त्री केपी ओलीले निर्वाचनमा बोलेका झुठ्ठा कुराहरू अहिले आएर पुष्टि भएको बताएका छन् ।

गृहजिल्ला ओखलढुंगाको सिद्दिचरण नगरपालिका– १० अमजानीमा शुक्रबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै खतिवडाले कम्युनिस्टहरू सबैभन्दा धेरै झुठ बोल्नेहरूको झुण्ड रहेको बताए । कम्युनिस्टहरूका मीठा कुरामा विश्वास गरेर जनताले निर्वाचनमा भोट दिएको उनले बताए । चुनावका बेला कम्युनिस्टहरूले बोलेका कुरा कुनै पनि पूरा नभएको बताए ।

खतिवडाले संविधानको रक्षा कांग्रेसले गर्ने बताए । उनले भने, ‘नेपाल र नेपालीको रक्षाका कांग्रेसले मात्रै गर्छ । लोकतन्त्रकको रक्षाका लागि कांग्रेसलाई जिताउनुपर्ने बेला आएको छ ।’

‘नेपाली जनतालाई कम्युनिष्ट सरकारले कहिले रेल, कहिले पानीजहाज, घर–घरमा ग्यासको पाइपदेखिसगरमाथा पुग्ने केवलकार जस्तो धेरै झुठो अश्वासन बाँडेर कम्युनिस्टले जनतालाई जनतालाई मुर्ख बनाएका छन्’, कांग्रेस नेता खतिवडाले भनेका छन् ।

कांग्रेसलाई राजाले तर्साउन खोज्दा आफै सक्किनु परेको बताएका खतिवडाले भने, ‘राणाले कांग्रेस सिद्धाउन खोज्यो । आफै समाप्त भयो । माओवादीले गाउँबाट लखेटेर कांग्रेसका कार्यकर्तालाई बस्न दिएनन् । माओवादी पार्टीनै बिलया भयो ।’

कांग्रेस नेता खतिवडाले भनेका छन्, ‘कांग्रेस सिङ्गै ढिक्का भएर बसेको छ । सानोतिनो आँधी, हुँरी र पानी जे आए पनि कांग्रेस समाप्त हुँदैन । कांग्रेस समाप्त गर्न खोज्नेहरू आफै समाप्त हुन्छन् ।’

युवा नेता खतिवडाका साथै कार्यक्रममा ओखलढुंगाका सभापति प्रदीपकुमार सुनुवार, उप–सभापति तेजेन्द्र खनाल, सचिव रुद्र अधिकारी, युवा नेता बालकृष्ण दाहाल, खिलानाथ दाहाल, डिल्ली खनाल, अशोक कार्की, कमल तामाङ, जिल्ला समन्वय समितिका सभापति जयबहादुर श्रेष्ठ, जिल्ला कार्यासमितिका सदस्य सर्वधन तामाङ, पदम तमाङलगायतको उपस्थिति रहेको थियो ।

यसैबीच, सिद्दिचरण नगरपालिका– १० अमजानीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपाका ६० जना स्थानीय नेता कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका छन् ।

नेकपाका संगठित सदस्यहरू एकबहादुर मगर, कुमार थापा मगर, टीका मगर लगायतलाई कांग्रेस नेता खतिवडाले पार्टीमा स्वागत गरेका छन् । खतिवडाले नवप्रवेशीहरूलाई कांग्रेसले कम्युनिस्ट पार्टीमा जस्तो भेदभाव नगरिने बताएका छन् ।

Published : Friday, 2021 January 22, 9:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया