धनुषा कांग्रेसका नेता एवम् वडाध्यक्ष पाठकको निधन

जनकपुरधाम । नेपाली कांग्रेस धनुषाका नेता एवम् जनकनन्दनी गाउँपालिका– २ को वडाध्यक्ष भोगी पाठकको निधन भएको छ ।

नेपाल–भारत सीमावर्ती स्थानीय तह जनकनन्दनी गाउँपालिका– २ का वडाध्यक्ष पाठकको उपचारका क्रममा भारतमा निधन भएको हो । पाठकको शुक्रबार बिहान ५ बजे निधन भएको गाउँपालिकाकी उपाध्यक्ष भारती कार्कीले जानकारी दिइन् ।

५५ वर्षीय पाठकलाई बिहीबार उपचारका लागि भारतको मधुवनी लगिएको थियो ।

२०७४ साल असोज २ गते भएको स्थानीय तहको निर्वाचनमा पाठक नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

Published : Friday, 2021 January 22, 12:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया