नेपालसँग नरेन्द्र मोदीले बोलेको कुरा पूरा गरे

काठमाडौं । भारत सरकारले नेपालको स्वास्थ्य सेवा तथा अग्रपंक्तिमा खटिएका कर्मचारीहरूले तत्काल आवश्यक्ताका लागि नेपाललाई भारतमा उत्पादित दश लाख कोडिभ–१९ खोप उपहारस्वरुप प्रदान गरेको छ ।

खोप नेपाल सरकारको आग्रहमा भारतले उपलब्ध गराएको विज्ञप्तिमा उल्लेख छ । माघ २ गते भारतको नयाँदिल्लीमा दुई राष्ट्रका परराष्ट्रमन्त्रीको अध्यक्षतामा सम्पन्न भारत–नेपाल संयुक्त आयोगको छैटौँ बैठकमा यस सहकार्यबारे पनि छलफल भएको थियो ।

खोप बिहीबार बिहान नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले प्रधानमन्त्री केपी ओली र स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीलाई हस्तान्तरण गरेका छन् ।

यसअघि भारतले खोप वितरण, खोपसम्बन्धि प्रशासनिक एवम् सञ्चालनका पक्ष, कोल्ड चेन र सम्पर्क तथा तथ्यांक व्यवस्थापनका लागि मानव संसाधन तालिम दिइएको विज्ञप्तिमा उल्लेख छ ।

नेपालमा यस्ता खोपको निःशुल्क वितरणले महामारीविरुद्ध मानवताको लडाइँलाई सघाउ पुर्‍याउन भारतको खोप उत्पादन तथा वितरण क्षमतालाई प्रयोग गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रतिवद्धतालाई पूर्णता दिएको जनाइएको छ ।

छिमेकी पहिलो नीतिअनुरुप भारतले नेपाललाई उक्त सहयोग अघि बढाएको हो । महामारीको शुरु भएयता भारतले नेपाललाई हाइड्रोक्लोरोक्वीन, आरटी पीसीआर परीक्षण किट, आइसीयु भेन्टिलेटर, रेमडेसिभिर औषधि र एम्बुलेन्स उपलब्ध गराइ निरन्तर सहयोग गरिरहेको भारतीय राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Published : Friday, 2021 January 22, 8:59 am

फेसबुकबाट तपाईको प्रतिक्रिया