तरुण सदस्य पोखरेलद्वारा आन्दोलनकारीहरूलाई धन्यावद प्रदान

काठमाडौं । नेपाल तरुण दल काठमाडौं क्षेत्र नं. २ का सदस्य दीपेन्द्र पोखरेल प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमविरुद्ध भएको विरोध प्रदर्शनमा सहभागी भएकाहरूप्रति आभार प्रकट गर्दै धन्यावाद दिएका छन् ।

पोखरेलले बिहीबार विज्ञप्ति जारी गरेर काठमाडौं क्षेत्र नं. २ अन्तरगत भएका विरोध प्रदर्शनमा सहभागीहरूलाई धन्यावाद दिएका हुन् ।

कांग्रेसले केन्द्रीय समितिले परिपत्र गर्दै सम्पूर्ण प्रतिनिधि सभा क्षेत्र, प्रदेश सभा क्षेत्र, गाउँरनगर र देशैभरिका वार्डहरूमा विभिन्न चरणमा बिरोध सभा गर्ने निर्णय गरेको थियो ।

‘नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. २ को आह्वानमा उपस्थित भएर हौसला प्रदान गरि हाम्रो कार्यक्रमलाई सफलता पूर्वक सम्पन्न गर्न सहयोग गर्नुहुने यस क्षेत्रका जनताहरू, पार्टीको विभिन्न तह र तप्कामा रहनुहुने पदाधिकारीज्यूहरू, भ्रातृ संगठनको विभिन्न तह र तप्कामा रहनुहुने पदाधिकारीज्यूहरू एवम् सम्पूर्ण सरोकारवाला ब्यक्तिहरूलाई आउने दिनहरूमा पनि नेपाली कांग्रेसलाई यसै गरि माया, सद्भाव र साथको अपेक्षा राख्दै हार्दिक धन्यवाद दिन चाहन्छु’, विज्ञप्तिमा भनिएको छ ।

प्रधानमन्त्री ओलीले माघ ५ गते संसद विघटन गरेपछि कांग्रेसले आन्दोलन गर्दै आएको छ ।

Published : Thursday, 2021 January 21, 9:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया