सत्ताको लोभ होइन, कांग्रेस लोकतन्त्र र संविधानको बचाउमा छः सभापति खड्का

तुलसीपुर । नेपाली कांग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काले लोकतन्त्र र संविधानको रक्षाका लागि आन्दोलन गर्नुपर्ने बताएका छन् ।

तुलसीपुर उप–महानगरपालिका–४ को कांग्रेसको वडा ईकाइ कार्यसमितिले बिहीबार बनहरीमा आयोजना गरेको विरोध कार्यक्रममा बोल्दै खड्काले केपी ओली नेतृत्वको कम्युनिस्ट सरकारले गरेको असंवैधानिक कदमविरुद्ध कांग्रेस आन्दोलित भएको बताए ।

‘हामी सत्ता र शक्तिका लागि आन्दोलन गरेका छैनौं, लोकतन्त्र र संविधानको रक्षाका लागि लागेका छौं’, उनले भनेका छन् ।

उनले कांग्रेसको नेतृत्वमा आएको शान्ति र संविधानको रक्षा गर्नु कांग्रेसको कर्तव्य भएको बताए ।
सभापति खड्काले कम्युनिष्टहरूले देशमा विभिन्न बहानामा लुटतन्त्र मच्चाएको आरोप लगाएका छन् ।

कार्यक्रममा नेताहरू सुरेन्द्रबहादुर खड्का, लेककुमार कार्की, पूर्णबहादुर खड्का, महिला नेतृ कविता आचार्य, महिला संघ क्षेत्र नंं. ३ की सभापति चित्रा गिरी, क्षेत्रीय प्रतिनिधि दामोदर न्यौपाने, तरुण दलका बसन्त खड्का, कृष्ण खड्का, तारा सेन ठकुरीलगायतको सहभागी रहेका थियो ।

Published : Thursday, 2021 January 21, 5:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया