ओली सरकारविरुद्ध घोराहीमा कांग्रेसको शंख जुलुस, खनालद्वारा सम्बोधन

घोराही । नेपाली कांग्रेसले दाङको घोराही उप–महानगरपालिका– १५ मा कम्युनिस्ट सरकारविरुद्ध प्रदर्शन गरेको छ ।

बिहीबार शंख र घण्टी बजाउँदै भएको विरोध प्रदर्शनमा कांग्रेसका युवा नेता एवम् पूर्वसांसद राजु खनाल, बमबहादुर डाँगी, प्रकाश श्रेष्ठ, पुष्पा श्रेष्ठ, विमला योगीसहितका नेताहरूको उपस्थिति रहेको थियो ।

विरोध कार्यक्रमलाई सम्बोधन गर्दै खनालले प्रतिनिधि सभा विघटन गरेर प्रधानमन्त्री केपी ओलीले संविधानलाई च्यत्न खोजेको आरोप लगाए ।

उनले संसद विघटनको विषय सर्वोच्च अदालतमा रहेकाले कांग्रेसलाई संसद पुनःस्थापना भएपनि मान्य हुने, निर्वाचनमा जान भने पनि तयारी अवस्थामा रहेको बताए ।

उल्लेख्य संख्यामा रहेका कांग्रेसका नेता कार्यकर्ताहरूले प्रधानमन्त्री ओली र कम्युनिस्ट सरकारविरुद्ध नारावाजी गरेका थिए ।

Published : Thursday, 2021 January 21, 4:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया