घोराही– ३ मा ओलीविरुद्ध कांग्रेसको प्रदर्शन, घिमिरेद्वारा कम्युनिस्टहरूको आलोचना

घोराही । नेपाली कांग्रेसले दाङको घोराही उप–महानगरपालिका– ३ ले प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमविरुद्ध प्रदर्शन गरेको छ ।

बिहीबार कांग्रेसका नेता किरणकिशोर घिमिरेको प्रमुख आतिथ्यतामा ओली नेतृत्वको कम्युनिस्ट सरकारविरुद्ध प्रदर्शन भएको हो ।

कांग्रेस नेता घिमिरेले झण्डै दुईतिहाइ भएको प्रतिनिधि सभा विघटन गरेर प्रधानमन्त्री ओलीले संविधान विपरितको गतिविधि गरेको आरोप लगाए । उनले कम्युनिस्टहरूभित्रको आन्तरिक झगडाले संसद विघटन हुनु दुखद् रहेको बताएका छन् ।

विरोध प्रदर्शनमा प्रधानमन्त्री ओलीविरुद्ध चर्का नारावाजी लागेका थिए । नेता कार्यकर्ताले कम्युनिस्टविरुद्ध नारावाजी गरेका थिए ।

Published : Thursday, 2021 January 21, 3:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया