पर्वतको पाङमा भव्य प्रदर्शन, तरुण कोषाध्यक्ष गुरुङद्वारा सम्बोधन

कुश्मा । पर्वत जिल्लाको पाङमा नेपाली कांग्रेसले भव्य प्रदर्शन गरेको छ ।

बिहीबार नेपाल तरुण दलका केन्द्रीय कोषाध्यक्ष एवम् कांग्रेसका युवा नेता विद्वान गुरुङको प्रमुख आतिथ्यतामा केपी ओलीको असंवैधानिक कदमविरुद्धको कार्यक्रम भएको हो ।

कोषाध्यक्ष गुरुङले संविधानको रक्षाका कांग्रेसले आन्दोलन गरेको बताएका छन् । उनले प्रधानमन्त्री ओलीको आलोचना गरेका थिए ।

ओली सरकारको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध नेपाली कांग्रेसले आयोजना गरेको वडास्तरीय विरोध प्रदर्शनको क्रममा कुश्मा नगरपालिका– १ को पाङमा भव्य प्रदर्शन भएको जनाइएको छ ।

Published : Thursday, 2021 January 21, 1:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया