वडा सदस्य समेत रहेका स्याङ्जा तरुणका पूर्व अध्यक्ष श्रेष्ठको निधन

भीरकोट । नेपाल तरुण दल स्याङ्जाका पूर्वअध्यक्ष एवम् भीरकोट नगरपालिका– ४ का वडा सदस्य टंकप्रसाद श्रेष्ठको निधन भएको छ ।

कांग्रेस नेता श्रेष्ठको बुधबार असामयिक निधन भएको स्याङ्जा कांग्रेसले जनाएको छ ।

श्रेष्ठको पार्थिक शरीरमा नेपालली कांग्रेस र नेपाल तरुण दलले झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि दिएका छन् ।

स्याङ्जा कांग्रेसका कार्यबाहक सभापति कुमार राना, गण्डकी प्रदेशका सांसद मेखलाल श्रेष्ठ, भागवतप्रकाश मल्ल, भीरकोट नगरपालिकाका प्रमुख छायाँराम खनाल लगायतका नेताहरूले स्व.श्रेष्ठलाई श्रद्धाञ्जलि दिएका छन् ।

स्याङ्जा कांग्रेसले श्रेष्ठको निधनबाट पार्टीलाई ठूलो नोक्सान भएको भन्दै दुःख व्यक्त गरेको छ ।

तरुण दल स्याङ्जाले पनि पूर्वअध्यक्ष श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेको छ ।

Published : Thursday, 2021 January 21, 10:26 am

फेसबुकबाट तपाईको प्रतिक्रिया