दाङको राप्तीका दुई जनाको सर्लाहीमा मृत्यु

सर्लाही । सर्लाही जिल्लाको हरिवन नगरपालिका–४ मा यात्रु बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

दाङबाट झापाको काँकडभिट्टा जाँदै गरेको ना ५ ख ४४८८ नम्बरको बस बिहीबार बिहान चार बजे दुर्घटना भएको हो । दुर्घटनामा १७ जना घाइते भएका छन् ।

दुर्घटनामा मृत्यु हुनेमा दाङको राप्ती गाउँपालिका–५ बस्ने ३६ वर्षीया राजकुमारी चौधरी र सोही ठाउँकी २३ वर्षीय रीता चौधरी छन् ।

राजकुमारीको घटनास्थलमै र रिताको उपचारका लागि वीरगञ्ज लैजाने क्रममा बाटोमा मृत्यु भएको सर्लाही प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए ।

Published : Thursday, 2021 January 21, 9:42 am

फेसबुकबाट तपाईको प्रतिक्रिया