ओलीको घर रहेको जिल्लामा तरुणको राँके जुलुस, कम्युनिस्टहरू दुलाभित्र छिरे

भक्तपुर । नेपाल तरुण दल भक्तपुरले प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमका विरुद्ध राँके जुलुस प्रदन गरेको छ ।

तरुण दल भक्तपुरका अध्यक्ष राजु थापाका अनुसार तरुणहरूले बुधबार भक्तपुरमा राँके जुलुस प्रदर्शन गरेको जानकारी दिए । थापाले ओलीले संसद विघटन गरेर असंवैधानिक र अलोकतान्त्रिक कार्य गरेपछि विरोध प्रदर्शन गर्नु परेको बताए ।

बिहीबारको प्रदर्शनको तयारी र प्रचार स्वरुप राँके जुलुस प्रदर्शन गरिएको तरुण अध्यक्ष थापाले बताए । नेपाली कांग्रेसका सभापति दुर्लभ थापाको निर्देशनमा राँके जुलुस प्रदर्शन गरिएको तरुण अध्यक्ष थापाले बताए ।

नेपाली कांग्रेसको आह्वानमा बिहीबार देशभरिका सबै वडामा ओली सरकारविरुद्ध प्रदर्शन हुँदैछ ।

भक्तपुरमा बिहीबार हुने प्रदर्शनमा नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले सम्बोधन गर्ने कार्यक्रम छ ।

भक्तपुरको बालकोटमा प्रधानमन्त्री ओलीका निवास छ । तरुण दलले भक्तपुरमा आफूलाई केन्द्रित बनाएर शक्तिशाली प्रदर्शन गर्दै आएको छ ।

Published : Wednesday, 2021 January 20, 10:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया