नेविसंघले पूर्णता पाउन नसकेका बेला पदाधिकारी र सदस्यहरू मनोनीत

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)को केन्द्रीय कार्यसमितिले पूर्णता पाउन नसकेका बेला ललितपुर क्षेत्र नम्बर १ को नेविसंघले आफूलाई पूर्णता दिएको छ ।

नेविसंघ ललितपुर क्षेत्र नं. १ का कार्यबाहक सभापति राजकुमार थिङले कार्यसमितिलाई पूर्णता दिएका छन् । उनले ३४ सदस्यीय कार्यसमिति बनाएका छन् ।

उपाध्यक्षहरूमा सुशीलराज पोखरेल, नदिम देशार, अप्सरा घिमिरे, गोपाल घिमिरे, सूर्य थिङ, निराजन घिमिरे, जनुका परियारलाई मोनीत गरिएको छ ।

सचिवमा श्याम लामा भोम्जन, विपना तिमल्सिना, हरिहर थापा रहेका छन् । सह–सचिवमा सविन बजगाइँ, विशाल घिमिरे, कमानसिंह तामाङ, प्रदीप तिमल्सिना, महेन्द्र केसी मनोनीत भएका छन् । कोषाध्यक्षमा राजन तिमल्सिन ाचयन भएका छन् ।

सदस्यहरूमा पुष्कर सापकोटा, अनु घिमिरे, सुमन घलान, उमेश तिमल्सिना, निराजन घिमिरे, कुमार घलान, रोशन लामिछाने, स्वस्तिका गौतम, शिशिर बस्नेत, उज्वल घिमिरे, प्रशान्त स्याङ्तान, निशान्त बराम, सुजन घलान, रामबहादुर लोप्चन, लिबाङ घलान, सुदीप तिमल्सिना, दिनेश घिमिरे र प्रदीप घिसिङ मनोनीत भएको विज्ञप्तिमा उल्लेख छ ।

Published : Monday, 2021 January 18, 9:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया