भारतीय भूमिमा चीनले गाउँनै बसाल्यो

नयाँदिल्ली । चीनले भारतीय भूमि मिचेर सारी चु नदीको किनारमा एउटा गाउँ बसालेको आरोप लागेको छ ।

चीन र भारतको विवादित क्षेत्र अरुणाञ्चल प्रदेशको सारी चु नदीको किनारमा चीनले गाउँनै निर्माण गरेको भारतीय सञ्चारमाध्यम एनडीटिभीले जनाएको छ ।

चीनले निर्माण गरेको उक्त गाउँमा १०१ वटा घरहरू रहेका छन् । चीनसँगको भारतको सिमानाको करिव ४ दशमलब ५ किलोमिटरभित्र नै उक्त गाउँ अवस्थित रहेको दाबी गरिएको छ ।

यो भू–भाग भारतको सुबनसिरी जिल्लामा पर्छ । यस क्षेत्रमा चीन र भारतबीच सिमानालाई लिएर लामो समयदेखि विवाद हुँदै आएको छ ।

लद्दाखदेखि एक हजार किलोमिटर पश्चिममा पर्ने यस भूभागमा २०२० को अगस्टसम्म कुनै घर देखिएका थिएनन् ।

नोभेम्बरसम्ममा १०१ वटा घरसहितको एउटा पूरा गाउँ दृश्यमा देखिएको बताइएको छ । चीनको यस गतिविधिलाई लिएर अरुणाञ्चल प्रदेशका नेताहरूले समेत प्रश्न उठाएका छन् ।

भारत र चीनबीच अरुणाञ्चल प्रदेशको सिमानामा बेलाबेला तनाव समेत हुने गरेको छ ।

Published : Monday, 2021 January 18, 6:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया