कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक एक हप्ता पछाडि गयो

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक एक हप्ता पछाडि सरेको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमबार विज्ञप्ति जारी गरेर बैठक माघ १३ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको जनाएका हुन् ।

कांग्रेसको केन्द्रीय समितिको बैठक माघ ६ गते मंगलबारका लागि बोलाइएको थियो । अर्को बैठक माघ १३ गते मंगलबार दिउँसो १ बजे बस्नेछ ।

कांग्रेसले प्रधानमन्त्री केपी ओलीद्वारा संसद विघटन गरेपछि आन्दोलन गर्दै आएको छ । आन्दोलन र भावी रणनीति बनाउन कांग्रेसले केन्द्रीय समितिमा छलफल चलाउँदै आएको छ ।

Published : Monday, 2021 January 18, 5:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया