प्याकुरेलले विभागको महानिर्देशकको जिम्मेवारी सम्हाले

काठमाडौं । शहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशकमा नवराज प्याकुरेल नियुक्त भएका छन् ।

शहरी विकास मन्त्रालयले प्राविधिक सह–सचिव प्याकुरेललाई विभागको महानिर्देशको जिम्मेवारी दिएको हो ।

नवनियुक्त महानिर्देशक प्याकुरेलले सोमबार विभागमा पदभार ग्रहण गरेका छन् ।

मन्त्रालयअन्र्तगतको विभिन्न निकायमध्ये विभाग सबैभन्दा बढी जिम्मेवारी भएको मानिन्छ । यो विभाग धेरै बजेट खर्च गर्ने निकाय मानिन्छ ।

विभाग सरकारी भवन तथा सघन सहरी विकासका साथै शहरी क्षेत्रको पूर्वाधार विकास गर्ने महत्वपूर्ण निकाय मानिन्छ ।

नवनियुक्त महानिर्देशक प्याकुरेलले विभागअन्र्तगत भइरहेका कामलाई अझै प्रभावकारी रुपमा अघि बढाउने प्रतिवद्धता जनाएका छन् ।

प्याकुरेलले हाल निर्माणाधीन अवस्थामा रहेका संघीय संसद भवन, मुख्यमन्त्री तथा प्रदेश प्रमुख निवास, प्रधानमन्त्री निवास, बञ्चरे डाँडास्थित ल्याडफिल साइड, गोदावरीको सभाहल लगायत ठूला परियोजनालाई समयमै सम्पन्न गराउन मन्त्रालयसँग समन्वय गरेर अघि बढ्ने बताएका छन् ।

प्याकुरेललाई बिल्डिङ एण्ड आर्किटेक समूहमा काविल प्राविधिक सह–सचिवका रुपमा हेर्ने गरिन्छ ।

Published : Monday, 2021 January 18, 3:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया