मोदीले ज्ञवालीलाई पत्याएनन्, दबाबमा राख्न खोजेको संकेत

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई महत्व नदिएका कारण भेट्न नमानेको भनेर चर्चा भएको छ ।

मोदीले ज्ञवालीलाई धेरै महत्व दिएनन् । मोदीले चाहेको भए जति नै ब्यस्त भएपनि ज्ञवालीलाई भेट्न सक्थे । तर, मोदीले परराष्ट्रमन्त्री ज्ञवालीलाई समय दिएनन् । भेट्न मानेनन् ।

भारतीय समकक्षी विदेशमन्त्री एस. जयशंकरसहितका केही मन्त्री र नेताहरूलाई मात्रै भेट्न पाए । पराष्ट्रमन्त्री ज्ञवाली प्रधानमन्त्री केपी ओलीको विश्वासपात्र मानिन्छन् । ओलीको दूतका रुपमा भारत गएको काठमाडौंमा चर्चा छ ।

मोदीले ओलीका दूतलाई भेट्न अस्वीकार गरेर नेपालसँग ठीक्कको सम्बन्ध कायम राख्न चाहेको संकेत गरेका छन् ।

त्यति मात्रै होइन भारतीय गृहमन्त्री अमित शाहले पनि परराष्ट्रमन्त्री ज्ञवालीलाई भेट्न अस्वीकार गरिदिएका छन् ।

मोदी र शाहको सम्बन्ध धेरै राम्रो छ । भारतीय जनता पार्टीलाई अहिलेको उचाइँमा पु¥याउन मोदी र शाहको ठूलो भूमिका छ ।

प्रतिनिधि सभा विघटन भएका बेला मन्त्री ज्ञवालीले भारतको भ्रमण गरेका छन् । देशमा राजनीतिक उथलपुथल छ । सरकारविरुद्ध आन्दोलन चलिरहेको छ । यस्तो अवस्थामा भारतले नेपाललाई दवावमा राख्न खोजेको पनि हुन सक्छ ।

ओली सरकारलाई कसैले पनि साथ दिएका छैनन् । ओली सरकार उक्लिएको छ । सरकार बहिष्कृत, अलोकप्रिय, बदनाम र पिँध बिनाको लोटाजस्ता बनेको चर्चा भएको छ ।

मुलुकमा राजनीतिक अस्थिरता भएका बेला भारतले मन्त्री ज्ञवालीलाई नभेटेर आफ्नो तुष देखाएको छ ।

प्रधानमन्त्री ओलीले जी न्यूजमा बडो राष्ट्रवादी नक्कली दम्भ शो गरिरहेको आरोप छ । जुन दम्भलाई सुधीर चौधरीले सगरमाथामा पुगेर चकनाचुर पारिदिएका छन् ।

Published : Monday, 2021 January 18, 12:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया