नेविसंघका नेता बस्नेतलाई फसाउने षड्यन्त्र फेल, अदालतले नै दियो सफाइ

सोलुखुम्बु । जिल्ला अदालतले सोलुखुम्बुले नेपाल विद्यार्थी संघका नेता एवम् कांग्रेसका युवा नेता शुभराम बस्नेतलाई सफाइ दिएको छ ।

नुम्बुर हिमाल हाइड्रोपावरका राजनकुमार खत्रीले नेता बस्नेतविरुद्ध शरीर बन्धकको मुद्दा अदालतमा दायर गरेका थिए ।

न्यायाधीश महेन्द्रराज काफ्लेको एकल इजलासले बस्नेतविरुद्ध लगाइएको मुद्धामा दाबी नपुग्नेभन्दै सफाइ दिएको हो ।

हाइड्रोपावरका प्रतिनिधि खत्रीले नेविसंघका नेता शुभराम बस्नेत, भैरवकुमार बस्नेत र टीकाजंग खड्काविरुद्ध शरीर बन्धकमा मुद्दा दिएका थिए ।

बस्नेतको तर्फबाट अधिवक्ताहरू डा. गोकुलप्रसाद बुर्लाकोटी, श्यामकुमार खत्री र विदुर लामिछानेले बहस गरेका थिए ।

हाइड्रोपावरका प्रतिनिधि खत्रीका तर्फबाट सोलुखुम्बुका जिल्ला सरकारी वकिल श्रीराम खनालले बहस गरेका थिए ।

दुबै पक्षको वकिलहरूको बहस सुनेपछि न्यायाधीश काफ्लेले बस्नेतसहितलाई सफाइ दिएको हो ।

हाइड्रोपावरले परियोजनास्थलमा पर्ने जग्गाको मुआब्जा नदिई स्थानीय व्यक्तिहरूको जग्गा कब्जा गरेपछि लिखुखोला सरोकार समितिका अध्यक्ष समेत रहेका नेविसंघका नेता बस्नेतको रोहवरमा भैरवकुमार बस्नेतलाई मुआब्जा दिने सहमति भएको थियो ।

तर, परियोजनाका प्रतिनिधि खत्रीले स्थानीय व्यक्तिहरूको सहमतिमा गरेको कागजलाई शरीरबन्धक बनाई कागज गरेको भन्दै मुद्दा दायर गरेका थिए ।

Published : Monday, 2021 January 18, 8:45 am

फेसबुकबाट तपाईको प्रतिक्रिया