जलजलाका सामुदायिक विद्यालयहरूलाई मर्ज गर्दै लैजाने निर्णय

लामाखेत । पर्वत जिल्लाको जलजला गाउँपालिकाको नवौँ गाउँसभा सम्पन्न भएको छ ।

गाउँसभाले जलजला गाँउपालिकाको प्रशासनिक भवन निर्माणका लागि हाल भाडामा रहेको ११ रोपनी जग्गा प्राप्त गर्ने निणर्य गरेको छ ।

प्रशासनिक भवन निर्माणका लागि जग्गा प्राप्त गर्न कार्यपालिका बैठकले अध्यक्ष यामबहादुर मल्ललाई जिम्मा दिएको थियो । सोही अनुरुप करिव ८ रोपनी जग्गा खरिद गर्ने र ३ रोपनी जग्गा निःशुल्क प्राप्त गर्ने गरी जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढाउने गाउँसभाले सर्वसम्मत निणर्य गरेको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिए ।

सभाले घरनक्सा अभिलेखीकरणका लागि राजश्वका दरमा केही परिवर्तन गर्नुका साथै घरनक्सा पासका लागि गाउँपालिकाभित्रका सडकमा मापदण्ड पनि परिवर्तन गर्ने निणर्य गरेको शर्माले बताए ।

आगामी शैक्षिक शत्रदेखि गाउँपालिकाका सामुदायिक विद्यालयहरू मर्ज गर्दै जाने, गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नती गर्नका लागि प्रक्रिया अगाडि बढाउने निणर्य पनि गाउँसभाले गरेको छ ।

विभिन्न योजना तथा कार्यक्रमहरू रकमान्तर तथा संशोधन गर्ने र विभिन्न योजना तथा कार्यक्रम फरफारक तथा अनुमोदन गरिएको शर्माले जानकारी दिए ।

Published : Monday, 2021 January 18, 8:02 am

फेसबुकबाट तपाईको प्रतिक्रिया