भ्रष्ट र बदनाम कम्युनिस्टसँग नमिल्न नेतृत्वलाई दवाव, साकेलामा कांग्रेसद्वारा प्रदर्शन

साकेला । नेपाली कांग्रेस खोटाङले साकेला गाउँपालिकामा प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमविरुद्ध प्रदर्शन गरेको छ ।

कांग्रेसको साकेला गाउँपालिका कार्य समितिले शनिबार ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदमको विरोध गर्दै प्रदर्शन गरेको कांग्रेस नेतृ विमला राईले जानकारी दिइन् । उनले विरोध सभामा बोल्ने नेताहरूले प्रधानमन्त्री ओलीको आलोचना गरेको बताएकी छिन् ।

विरोध सभा गर्नु अगाडि कांग्रेसका नेता कार्यकर्ताहरूले प्रधानमन्त्री ओली र कम्युनिस्टहरूका विरुद्ध नरावाजी गरेका थिए ।

उल्लेख्य संख्यामा जम्मा भएका कांग्रेसका नेता कार्यकर्ताहरूले कांग्रेसको नेतृत्वलाई कम्युनिस्टहरूसँग नमिल्न दवाव दिएका छन् ।

उनीहरूले भ्रष्टाचारमा बदनाम भएका कम्युनिस्टहरूसँग मिलेर जाँदा कांग्रेसको गरिमा घट्ने भन्दै एक्लै संघर्षमा जानुपर्ने धारणा राखेको कांग्रेस नेतृ राईले जनाएकी छिन् ।

Published : Sunday, 2021 January 17, 1:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया