ढोरपाटनमा ओलीविरुद्ध भव्य प्रदर्शन, नेकपा छाडेर कांग्रेसमा प्रवेश

ढोरपाटन । नेपाली कांग्रेस बागलुङको ढोरपाटन नगरपालिका कार्यसमितिले प्रधानमन्त्री केपी ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध भव्य प्रदर्शन गरेको छ ।

नेपाली कांग्रेस ढोरपाटन नगरपालिका कार्यसमितिद्वारा आयोजित सरकार विरोधी कार्यक्रममा ओली र कम्युनिस्ट सरकारविरुद्ध प्रदर्शनकारीले नारावाजी गरेका छन् ।

विरोध प्रदर्शनपछि आयोजित सभामा बोल्ने कांग्रेस नेताहरूले कम्युनिस्ट अधिनायकवाविरुद्ध एक पटक फेरि संघर्ष गर्ने बेला आएको बताएका थिए ।

उनीहरूले संसद पुनःस्थापना भए पनि वा निर्वाचनमा जाने जे निर्णय भएपनि सर्वोच्च अदालतको फैसलालाई कांग्रेसले स्वीकार गर्ने बताएका छन् ।

ओलीको असंवैधानिक, अलोकतान्त्रिक, सर्वसत्तावाद र भ्रष्टाचारविरुद्ध कांग्रेसले प्रदर्शन गरेको नेपाल तरुण दल बागलुङका कोषाध्यक्ष देवेन्द्र मगरले जानकारी दिएका छन् ।

यसैबीच, विरोध प्रदर्शनपछि आयोजित सभामा नेकपासहितका विभिन्न राजनीतिक दल परित्याग गरेर कांग्रेसमा प्रवेश गरेका छन् ।

ढोरपाटन नगरपालिकाको वडा नं. ६ र ७ का नेकपाका कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका हुन् ।

बागलुङ जिल्ला कम्युनिस्टहरूले आफ्नो बर्चश्व मान्दै आएका छन् । तर, नेकपाका नेता कार्यकर्ताहरू पछिल्लो समय कांग्रेसमा प्रवेश गर्दै आएका छन् ।

Published : Saturday, 2021 January 16, 11:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया