बागलुङको निसीखोलामा शानदार प्रदर्शन, नेकपाका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश

निसीखोला । नेपाली कांग्रेसका नेताहरूले संविधानलाई कम्युनिस्टहरूले घाइते बनाएका जनाएका छन् ।

बागलुङ जिल्लाको निसीखोला गाउँपालिकामा शनिबार कांग्रेसले गरेको विरोध प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्ने क्रममा कांग्रेसका नेताहरूले संविधानलाई च्यातेर संसद विघटन गरिएको बताए । उनीहरूले कांग्रेसको नेतृत्वमा बनेको संविधान कम्युनिस्टहरू मन नपरेको बताएका छन् ।

कम्युनिस्टहरू आफूभित्रै लडेर संविधान विपरित संसद विघटन गरेको कांग्रेसका नेताहरूको आरोप छ ।

विरोध सभा हुनुभन्दा अगाडि निसीखोलाका विभिन्न स्थानमा कांग्रेसका नेता कार्यकर्ताहरूले प्रधानमन्त्री केपी ओली र कम्युनिस्ट सरकारविरुद्ध नारावाजी गरेको कांग्रेसका युवा नेता टेकराज पौडेलले जानकारी दिएका छन् ।

कार्यक्रममा नेकपाका स्थानीय नेता कार्यकर्ताहरूले पार्टी परित्याग गरेर कांग्रेसमा प्रवेश गरेका छन् । उनीहरूलाई फूलमालासहित कांग्रेसमा स्वागत गरिएको छ ।

Published : Saturday, 2021 January 16, 8:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया