कम्युनिस्टहरू असफल भएपछि संसद विघटनः राजु खनाल

कमिरचौर । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद राजु खनाल प्रधानमन्त्री केपी ओलीका साथै पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल संसद विघटनका लागि बराबरको दोषी रहेको बताएका छन् ।

दाङको बंगलाचुली गाउँपालिकाको कमिरेचौरमा शनिबार आयोजित कांग्रेसको विरोध सभालाई सम्बोधन गर्दै खनालले दुईतिहाइको बहुमत पाउँदा पनि कम्युनिस्टहरूले सरकार चलाउन नसकेको बताए । उनले कम्युनिस्टहरू सरकार चलाउन असफल भएपछि संसद विघटन गरेको आरोप लगाएका छन् ।

संसद विघटन संविधान विपरित रहेको बताएका कांग्रेसका युवा नेता खनालले भने, ‘संविधानको रक्षक राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल संसद विघटन गर्नुमा बराबर दोषी छन् ।’

प्रधानमन्त्री ओलीले कुनै पनि पद नदिने भएपछि व्यक्तिगत टकरावमा संसद विघटन भएको उनले बताए ।

जागेश्वर अधिकारीको सभापतित्वमा भएको विरोध कार्यक्रम कांग्रेस नेताहरू मोहन ओली, खगराज पाण्डे, कृष्ण सुवेदी, पूर्ण मल्ल, सुशीला पौडेल, यशोदा पाण्डेलगायतको उपस्थिति रहेको थियो ।

Published : Saturday, 2021 January 16, 8:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया