जिल्ला नेताहरूसहित राप्रपा र नेकपाका नेता कार्यकर्ता भोजपुर कांग्रेसमा प्रवेश

अरुण । भाजपुरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राप्रपाका जिल्लास्तरीय नेता कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

अरुण गाउँपालिकामा शनिबार आयोजित सरकार विरोध सभामा राप्रपाका जिल्ला नेतासहितका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् । उनीहरूलाई भोजपुर कांग्रेसका सभापति नन्दकुमार राईले पार्टीमा स्वागत गरेका छन् ।

कांग्रेस प्रवेश गर्नेमा राप्रपाका जिल्ला कोषाध्यक्ष युवराज ढकालसहित दुई सयभन्दा धेरै रहेका छन् ।

टीकाराम विश्वकर्मा, ताराहाङ् राई, छत्रबहादुर राई, तिलबहादुर थापा, लालबहादुर बदाम, बमबहादुर राई, अनिता राई, अनिशा राई, बसन्ता राई, पर्वत कटवाल, किरण श्रेष्ठलगायत रहेका छन् ।

नेकपाबाट रमेश महाडी, जगेन्द्रबहादुर ढकाल, योगेन्द्र ढकाल, विशालपहाडी, रामबहादु तामाङ, धनमाया भुजेल, भगवता ढकाल कांग्रेसमा प्रवेश गरेका छन् ।

Published : Saturday, 2021 January 16, 3:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया