बेनी– ५ मा तरुण दल गठन, कम्युनिस्टहरूलाई पाठ सिकाउन

बेनी । म्याग्दी जिल्लाको बेनी नगरपालिका– ५ मा नेपाल तरुण दलको वडा कार्यसमिति गठन भएको छ ।

शुक्रबार आयोजित भेलाले किसान कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो ।

कार्यसमितिको उपाध्यक्षमा अप्सन गोतामे चयन भएका छन् । सचिवद्वयमा दिनेश बानियाँ र हरि पौडेलले जिम्मेवारी पाएका छन् । सह–सचिवको जिम्मेवारी नवराज खत्रीले पाएका छन् ।

कोषाध्यक्षको जिम्मेवारी विशाल दर्जी र सह– कोषाध्यक्षको जिम्मेवारी युकेश खत्रीलाई दिइएको छ ।

कार्यक्रममा मन्तव्य राख्ने कांग्रेसका नेताहरूले मुलुकमा कम्युनिस्ट अधिनायकवाद हावी हुन थालेकाले तरुणहरू एकजुट भएर सामना गर्नुपर्ने बेला आएको बताएका छन् ।

उनीहरूले तरुणहरूलाई कांग्रेसले आह्वान गर्ने हरेक आन्दोलनमा उत्साहपूर्ण सहभागिता जनाउन पनि निर्देशन दिएका छन् ।

संविधान नमान्ने कम्युनिस्टहरूलाई लोकतान्त्रिक पद्धतिमा विश्वास गर्ने बनाउन तरुणहरूले भूमिका खेल्नुपर्ने वक्ताहरूले बताएका छन् ।

Published : Friday, 2021 January 15, 10:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया