झमक्क रात परेपछि चीन शीतल निवास छिर्‍यो

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेकी छिन् ।

शीतल निवासमा शुक्रबार साँझ करीव ६ बजेदेखि राति ८ बजेसम्म राष्ट्रपति भण्डारी र राजदूत यान्छीबीच भेटवार्ता भएको स्रोतले जनाएको छ । भेटवार्तामा के–के कुरा भएको थियो भन्ने विषयमा शीतल निवासले केही भनेको छैन ।

चिनियाँ राजदूतावासले पनि भेटवार्ताका बारेमा कुनै स्टेटमेन्ट जारी गरेको छैन ।

अनौपचारिक रुपबाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएको बेला चिनियाँ राजदूत यान्छीले पुनः राष्ट्रपति भण्डारीसँग साँझको समयमा भेट गरेकी छिन् । नेकपा कानूनी रुपमा विभाजन भएको छैन ।

नेकपालाई मिलाउन चीनले ठूलो दवाव दिँदै आएको छ । चीनले आफ्ना दूतहरूलाई काठमाडौंमा राखेर नेकपाका नेताहरूलाई मिल्न दवाव दिएको आरोप पनि छ ।

केही समय अगाडि नि बेइजिङले उच्चस्तरीय टोली पठाएर नेकपालाई मिल्न दवाव दिएको थियो । चीनले संसद पुनःस्थापना गरेर नेकपालाई मिल्न दवाव दिँदै आएको छ ।

पराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारत भ्रमणका लागि नयाँदिल्ली गएका बेला चिनियाँ राजदूत यान्छीले राष्ट्रपति भण्डारीसँग सुटुक्क भेट गरेकी छिन् ।

नेकपाभित्र विवाद हुँदा चिनियाँ राजदूत यान्छीले राष्ट्रपति भण्डारीका साथै नेकपाका नेताहरूलाई निवासमै पुगेर भेट्ने गरेकी छिन् ।

Published : Friday, 2021 January 15, 9:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया