दिल्लीले राष्ट्रवाद खुस्काइदियो, मन्त्रीको कार्यक्रमबाट लिपुलेक, कालापानी र लिम्पियाधुरा गायब

काठमाडौं । भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले लिपुलेक, कालापानी र लिम्पियाधुराका विषयमा एक शब्द बोलेका छैनन् ।

भारतद्वारा अतिक्रमित नेपाली भूमिका विषयमा मन्त्री ज्ञवालीले भ्रमणका क्रममा उठाउने धेरैले आशा लिएका थिए ।

नयाँ दिल्लीमा शुक्रबार इण्डियन काउन्सिल वर्ड अफेयर्सले गरेको कार्यक्रममा मन्त्री ज्ञवालीले धारणा राखेपनि लिपुलेक, कालापानी र लिम्पियाधुराका विषयमा एक शब्द उठाएनन् ।

मन्त्रीले कार्यक्रममा लिपुलेक, कालापानी र लिम्पियाधुराको विषयमा केही नबोलेको सहभागीहरूले बताएका छन् ।

कार्यक्रममा राखिएको नेपालको नक्सा पनि पुरानो राखिएको खुलासा भएको छ । नक्सामा लिपुलेक, कालापानी र लिम्पियाधुरा छैन ।

पुरानो नक्सा राखिएको विषयमा मन्त्री ज्ञवालीले कुनै आपत्ति जनाएका छैनन् । लिम्पियाधुरा, कालापानी र लिपुलेक राखेर नेपालले नयाँ नक्सा जारी गरिसकेको छ । संसदबाट समेत नयाँ नक्सा पारित भइसकेको छ ।

Published : Friday, 2021 January 15, 9:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया