मुख्यमन्त्री पद धरापमा परेका बेला यी मुख्यमन्त्रीले दुलही भित्र्याउने

विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएर पदनै धरापमा परेका बेला प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको विवाह गर्न लागेका छन् ।

मुख्यमन्त्री राईले माघ ११ गते काठमाडौंमा विवाह गर्न लागेको उनका स्वकीय सचिव नवराज राईले पुष्टि गरेका छन् । उनीहरूको अन्तरजातीय विवाद हुनेछ ।

अमेरिकामा बस्दै आएकी नेपाली युवतीसँग मख्यमन्त्री राईले विवाह गर्नेछन् ।

काठमाडौंमा विवाह गरेपछि मुख्यमन्त्री राईले विराटनगरमा आफन्त, शुभेच्छुक र भीभीआईपीहरूलाई भब्य भोज दिनेछन् ।

अविवाहित मुख्यमन्त्री राईलाई पार्टीकै बालिका खड्का नाम गरेकी महिलाले केही समय अगाडि पति कायम गरि पाउँ भनेर काठमाडौं जिल्ला अदालतमा समेत मुद्धा हालेकी थिइन् । पछि खड्काले मुद्धा फिर्ता लिएकी थिइन् ।

Published : Friday, 2021 January 15, 6:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया