देउखुरीमा शहीद स्व.चौधरीप्रति श्रद्धाञ्जलि व्यक्त, कांग्रेस नेताहरूको जमघट

मौरीघाट । नेपाली कांग्रेसका नेताहरूले शहीद स्व.श्रीनारायण चौधरीको योगदानको चर्चा गर्दै स्मरण गरेका छन् ।

दाङको राप्ती गाउँपालिकाको मौरीघाट चोकमा रहेका शहीद स्व.चौधरीको शालिकमा शुक्रबार माल्यार्णपनपछि आयोजित श्रद्धाञ्जलि सभामा धारणा राख्ने नेताहरूले शहीद स्व.चौधरीको योगदानको चर्चा गरेका हुन् ।

कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दीपक गिरी, केन्द्रीय सदस्य एवम् पूर्वसांसद योगेन्द्र चौधरी, केन्द्रीय सदस्य तथा पूर्व सांसद पार्वती डिसी चौधरी, आमन्त्रित केन्द्रीय सदस्य एवम् पूर्वसांसद कृष्णकिशोर घिमिरे, डा.गोविन्द पोखरेल, नेता जानकीलाल बस्नेत, राप्ती गाउँपालिकाका कांग्रेस ईकाइ समितिका सभापति दुर्योधन पाण्डे, गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी, युवा नेता गोवर्धन राउत, कांग्रेस नेता बुद्धिप्रकाश चौधरीलगायतको उपस्थिति रहेको थियो ।

शहीद स्व.चौधरीलाई माओवादीले घरबाटै अपहरण गरेर हत्या गरेका थिए ।

Published : Friday, 2021 January 15, 2:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया