तरुण नेता प्रज्वलद्वारा भक्तपुरमा बर्गर हाउस सञ्चालन

भक्तपुर । नेपाल तरुण दल भक्तपुरको मध्यपुर नगर कार्यसमितिका सदस्य प्रज्वल साझायले रेष्टुरेन्टको व्यवसाय शुरु गरेका छन् ।

तरुण नगर सदस्य साझायले बर्गर हाउस तथा क्रञ्ची फराइड, चिकेन फञ्चाइ जस्तो रेस्टुरेन्ट खोलेका हुन् । तरुण दलको राजनीतिबाट बचेको समय रेष्टरेन्टमा लगाउने उनले बताएका छन् ।

राजनीतिका साथै घर ब्यवहार चलाउन व्यवसाय चलाउनुपर्ने उनको भनाइ छ । ‘तरुणहरू पौरखी हुन्छन् भन्ने उदाहरण हामी आफैले दिनुपर्छ’, साझायले भने, ‘नगरमा बेरोजगार युवाहरूलाई रोजगारी दिनका लागि पनि रेष्टुरेन्टको ब्यवसाय खोलिएको छ ।’

भक्तपुर तरुण दलले प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमविरुद्ध हुने विरोध प्रदर्शनहरूमा सहभागी हुँदै आएका तरुण नेता साझायले ब्यवसायलाई सफल बनाउने बताएका छन् ।

नेपाल तरुण दल भक्तपुरका अध्यक्ष राजु थापाले पनि मध्यपुर तरुण दलका सदस्य साझायले ब्यवसाय शुरु गरेकोमा खुसी व्यक्ति गर्दै सफलताको कामना गरेका छन् ।

Published : Friday, 2021 January 15, 1:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया