खतिवडा ओखलढुंगामा हुने ओलीविरुद्धको आन्दोलनमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडा गृहजिल्ला ओखलढुंगामा हुने आन्दोलनका कार्यक्रमहरूमा सहभागी हुने भएका छन् ।

कांग्रेसले माघ ३ गते देशभरिका स्थानीय तहमा प्रधानमन्त्री केपी ओली सरकारको असंवैधानिक कदमविरुद्ध प्रदर्शन गर्दै छ ।

संसद विघटन गर्ने ओलीको कदमविरुद्ध कार्यक्रममा सहभागी हुन आफू ओखलढुंगा प्रस्थान गरेको खतिवडाले बताएका छन् ।

कांग्रेस नेता खतिवडा जिल्लामा हुने अधिकांश कार्यक्रमहरूमा सहभागी हुने उनका सहयोगी हुकुम राईले जानकारी दिएका छन् ।

प्रधानमन्त्री ओलीको कदमविरुद्ध कांग्रेसले सशक्त रुपमा प्रदर्शन गर्दै आएको छ । कांग्रेसको आन्दोलनबाट ओली सरकारलाई तनाब बढेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले संसद विघटनको मुद्धा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले अदालतलाई कुनै पनि प्रकारको दवाव सिर्जना गर्न नहुने बताउँदै आएका छन् ।

Published : Friday, 2021 January 15, 1:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया