मैले ‘सूर्य’मा भोट हालेको हुँः पूर्वप्रधानन्यायाधीश सुशीला कार्की

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले आफूले तत्कालीन नेकपा (एमाले)को ‘सूर्य’ चिन्हमा भोट हालेको बताएकी छिन् ।

हिमालय टेलिभिजनको ‘यज्ञ प्रश्न’ नामक बहस कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कार्कीले मनमोहन अधिकारी उम्मेदवार बनेका बेला आफूले एमालेलाई चुनाव चिन्ह ‘सूर्य’मा मतदान गरेको बताएकी हुन् ।

राजनीति गर्दैन भन्दै आएकी कार्कीले एमालेप्रति देखाएको भक्तिभावले उनको न्याय सम्पादनप्रतिको कार्यमाथि प्रश्न उठाउने ठाउँ छाडिदिएको छ ।

‘भोट हालेको छु । गलत नेतालाई कुनै–कुनै बेला भोट हालियो होला । कुनै बेला हालिएन’, कार्कीले भनेकी छिन्, ‘मैले भोट राम्रै मान्छेलाई हाल्छु । पार्टीमा हेर्दिन । मनमोहन अधिकारी राम्रो थिएन ?’

‘धरानमा म थिएँ । वकिल थिएँ । त्यतिखेर मनोमहन अधिकारीलाई भोट हालेको थिएँ भोट’, उनले भनेकी छिन्, ‘भोट हालेको मनमोहन अधिकारीलाई । राम्रो मान्छेलाई हाल्नुपर्छ भोट । यो पार्टी उपार्टी भनेर हुन्छ ?’

Published : Thursday, 2021 January 14, 1:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया